मिति २०७८ माघ १ गतेको गोरखापत्र दैनिकमा प्रकाशित सूचना अनुसार त्रिभुवन विश्वविद्यालय रूपान्तरण परियोजना, नेपाल स्वास्थ्य शिक्षा संघ (HEAN), शिक्षा तथा मानव स्रोत विकास केन्द्र (CEHRD), तथा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र (NHEICC) को संयुक्त आयोजनामा आधारभुत तथा माध्यमिक तहको विद्यालयस्तरीय राष्ट्रिय चित्रकला प्रतियोगिता संचालन हुन गइरहेकाले ईच्छुक विद्यार्थीले आफ्नो हस्तनिर्मित चित्र निम्न विवरण अनुसार पठाउनु हुन अनुरोध छ।

मुख्य शिर्षक : कोभिड१९ र बालबालिका

उपशिर्षक (कुनै एकमा आधारित)

. मेरो कोरोना अनुभव;

. कोभिड१९ रोकथाममा मेरो जिम्मेवारी

. कोभिड१९ ले मेरो परिवार र समाजमा पारेको प्रभाव

. कोभिड१९ पछिको मेरो संसार

सहभागी प्रतियोगी समूह 

सामुदायिक तथा संस्थागत विद्यालयका

  • आधारभूत तह समूह (कक्षा १-८)
  • माध्यमिक तह समूह (कक्षा ९-१२)

प्रतियोगिता संचालनका नियमहरु 

सहभागी प्रतियोगीहरुले निम्नलिखित नियम पालना गर्नु पर्नेछ:

  1. माथि उल्लेखित कुनै एक उपशिर्षकमा आधारित भै चित्र सृजना गर्नु पर्नेछ
  2. चित्र पूर्ण रुपमा आफैंले सृजना गरेको हुनुपर्नेछ। चित्र आर्टपेपरमा कुनै पनि प्रकारको रंगरोगन गरी निर्माण गर्न सकिने छ। अरूद्वारा निर्माण गराएर तथा अरूको सहयोग लिएर निर्माण गरी पेश गरेको पाइएमा मुल्याङ्कन गरिने छैन। सृजना पेश भएपछि पनि किर्ते गरेको पुष्टि भएमा उक्त चित्र रद्ध गरिने छ।  
  3. हस्तनिर्मित सिर्जनामात्र स्वीकार गरिनेछ (डिजिटल वा सफ्टवेयरमार्फत निर्माण गरिएको सामग्रीलाई प्रतियोगितामा सहभागी गराइने छैन)।
  4. सृजना पेश गर्दा विद्यालयको सिफारिस पत्रसहित विद्यालयको लेटर प्याडमा सम्पर्क नम्बर, विद्यालयको EMIS कोड नम्बर खुलाएर चित्र बनाउने विद्यार्थीको नाम, कक्षा उल्लेख गरेर प्र.अ.को हस्ताक्षर सहित पठाउनु पर्ने छ। अन्यथा प्रतियोगितामा समावेश गरिने छैन।
  5. एउटा विद्यालयबाट समूहगत १-१ जना प्रतियोगीलाई मात्र सहभागी गराउन पाइने छ ।
  6. हस्तनिर्मित चित्रको JPG वा PDF फोटो इमेज High quality resolution मा राखेर पठाउनु पर्नेछ। तर उक्त इमेजको साइज 8 MB भित्रको हुनु पर्नेछ। 

पुरस्कार: 

मुल्यांकन समितिले छनौट गरेका दुवै समूहका उत्कृष्ट सहभागीहरुलाई निम्नानुसार पुरस्कृत गरिनेछ:

आधारभूत तह समूह (कक्षा १-८): 

प्रथम (१ जना) – जनही रू १५,०००, पदक र प्रमाणपत्र

दोस्रो (१ जना) – जनही रू १०,०००, पदक र प्रमाणपत्र

तेस्रो (१ जना) – जनही रू ५,०००, पदक र प्रमाणपत्र

सान्त्वना (२ जना) – जनही रू २,५०० र प्रमाणपत्र

माध्यमिक तह समूह (कक्षा ९-१२):

प्रथम (१ जना) – जनही रू १५,०००, पदक र प्रमाणपत्र

दोस्रो (१ जना) – जनही रू १०,०००, पदक र प्रमाणपत्र

तेस्रो (१ जना) – जनही रू ५,०००, पदक र प्रमाणपत्र

सान्त्वना (२ जना) – जनही रू २,५००, र प्रमाणपत्र

 

थप जानकारीको लागि सम्पर्क :  ०१४३३३९४३,   ९८५१२२७५५५,   ९८४१५३११६४ 

चित्र पठाउने ईमेल :   info@rupantaran.edu.np

चित्र आइपुग्ने अन्तिम मिति : २०७८-१०-२९ भित्र (समय सीमा नाघेर आएका सिर्जनाको कुनै मुल्यांकन गरिने छैन)

नोट: छनौटमा परेका प्रतियोगीहरुलाई विद्यालयमार्फत सम्पर्क गरिनेछ। छनौटमा परेका सक्कल चित्र विद्यालयमार्फत सम्बन्धित कार्यलयमा संकलन गरिनेछ। धनराशी, पदक र प्रमाणपत्र विद्यालयमार्फत सम्बन्धित विद्यार्थीलाई  हस्तान्तरण गरिने छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *