२०७३ पौष १८ गते काठमाडौं । नेपाल स्वास्थ्य शिक्षा संघको नवौं सम्मेलन तथा किशोरकिशोरीहरूको स्वास्थ्य प्रवद्र्धन विषयक अन्तरराष्ट्रिय सेमिनार काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै त्रि.वि.का शिक्षाध्यक्ष प्रा.डा.सुधा त्रिपाठीले नेपाल स्वास्थ्य शिक्षा संघको उत्तरोतर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै स्वास्थ्य शिक्षा मानिसको जीवनमा अतिआवश्यक भएको चर्चा गर्नु भयो ।
उद्घाटन कार्यक्रममा त्रि.वि. शिक्षाशास्त्र संकायका नव नियुुक्त डीन प्रा.डा.कृष्णप्रसाद गौतम, संस्थाका निवर्तमान अध्यक्ष प्रा.पृथुचरण बैद्य, संस्थापक सदस्य श्री नन्दमान स्थापित, बेलायत स्थित बर्न माउथ विश्वविद्यालयका प्रा.डा.इडविन भान टेइजिलिन्, जोन मोर्स विश्वद्यिालयका डीन प्रा.डा. पदम सिंखडा एवं विभिन्न सरकारी तथा गैह्रसरकारी निकायका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

सम्मेलनले प्रा.डा. शिवशरण महर्जनको अध्यक्षतामा निवर्तमान अध्यक्ष सहित १३ सदस्यीय केन्द्रीय कार्य समितिको गठन गरेको छ । जसको निवर्तमान पदेन अध्यक्षमा प्रा.डा. श्यामकृष्ण महर्जन, उपाध्यक्ष प्रा.डा. चित्रबहादर बुढाथोकी र महासचिव कृष्णप्रसाद ढकाल सर्वसम्मत चयन हुनुभएको छ । कोषाध्यक्षमा माधवी गौतम चयन हुनुभएको छ । यसैगरी सर्वसम्मत चयन हुनुहुने सदस्यहरुमा भट्ट महेश दत्त तारा दत्त, कृष्णप्रसाद पौडेल, सुभाष प्रसाद, कल्पना ज्ञवाली, सुशील शर्मा, जनकबहादुर रावल, दीपकबाबु श्रेष्ठ र यदुराम उपे्रती चयन हुनुभएको छ ।
कार्यक्रममा त्रि.वि.का विभिन्न व्यक्तित्वका साथै बेलायतका विश्वविद्यालयका प्रा.डा. इडविन भान टेइजिलिन पदम सिखदाद्वारा किशोरकिशोरीहरूको स्वास्थ्य प्रवद्र्धनबारे कार्यपत्रहरू प्रस्तुत गरेका थिए । यसैगरी मध्यपश्चिमाञ्चल विश्वविद्यालयका स्वास्थ्य शिक्षा तथा प्रवद्र्धन विषयका उपप्राध्यापक शान्तिप्रसाद खनालले health providers’ behaviour toward youth clients विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संघका कोषाध्यक्ष श्री कल्पना ज्ञवालीले संघको वार्षिक आय व्यय र अध्यक्ष प्रा.श्यामकृष्ण महर्जनले संस्थाको प्रतिवेदन र भावी कार्यक्रबारे प्रस्तुत गर्नु भएको थियो । साथै सो कार्यक्रमले ५ बंदै नेपाल स्वास्थ्य शिक्षा संघको विद्यालय स्वास्थ्यसम्बन्धी काठमाडाै‌ घोषणा पत्र पारित गरेको छ ।

हेर्नुहाेस् विस्तृतमा काठमाडाैं घोषणापत्र

१. विद्यालय बालबालिकाहरु र किशोरकिशोरीहरुको लागि स्वास्थ्य सम्बन्धि व्यवहार, जीवनोपयोगी सीप सिक्ने र स्वास्थ्य प्रबद्धन गर्ने आर्दशन स्थान भएकोले नेपाल सरकारले विद्यालय पोषण तथा स्वास्थ्य रणनीति अनुसार नेपालको सम्पुर्ण विद्यालयहरुमा विद्यालय स्वास्थ्य कार्यक्रम अवलिम्ब लागु गर्नु गर्नु पर्ने ।
२. बालबालिकाहरु तथा किशोर किशोरीहरुको स्वास्थ्य सुधार तथा प्रबद्र्धन गर्नका लागि नेपाल सरकारले कक्षा १ देखी १२ कक्षा विद्यालय तहको पाठ्यक्रममा स्वास्थ्य तथा शारीरिक शिक्षालाई अनिवार्य विषयको रुपमा समावेश गर्नु पर्नु ।
३. स्वास्थ्य तथा शारीरिक शिक्षा विषय अध्ययन गरेका दक्ष शिक्षकले मात्र स्वास्थ्य तथा शारीरिक शिक्षा अध्यापन गर्न, विद्यार्थीहरुको स्वास्थ्य व्यवहारमा परिवर्तन गर्न र विद्यालय स्वास्थ्य कार्यक्रम प्रभावकारी र व्यवहारिक तरिकाले सञ्चालन गर्न सक्ने भएकाले प्रत्येक विद्यालयमा आवश्यक शिक्षक पुग्ने गरी सम्बन्धित विषयको शिक्षक दरबन्दी व्यवस्था गर्नु पर्दछ । यसको लागि नीतिगत पैरवी गर्ने र दवाव सिजर्ना गर्न कार्यक्रम सञ्चालन गर्ने ।

४. नेपालको स्वास्थ्य नीति २०७१ अनुसार देशभरिका विद्यालयहरुमा विद्यालय स्वास्थ्य कार्यक्रम लागु गर्नका लागि स्वास्थ्य मन्त्रालयले प्रत्येक विद्यालयमा एक स्वास्थ्यकर्मीको तुरुन्त व्यवस्था गर्न सरकारलाई दवाव दिने ।

५. विद्यालय स्वास्थ्य शिक्षक र स्वास्थ्य कार्यकर्तालाई परिचालन गरी स्थानीय तहमा व्यक्ति तथा समुदायको स्वास्थ्य सम्बन्धि जनचेतना अभिवृद्धि तथा स्वास्थ्य व्यवहार परिवर्तन गरी रोगहरुको रोकथाम गर्न र स्वास्थ्य प्रबद्र्धन गर्नका लागि स्थानीय भाषा संस्कृति अुनसार स्वास्थ्य सञ्चार तथा स्वास्थ्य साक्षरता कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई दवाव दिने ।

Source: Nepal Gatha dot com Online News (2073.09.18)

Leave a Reply

Your email address will not be published. Required fields are marked *